९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

संविधान रक्षाका लागि गठबन्धन गर्नुपर्यो : झलनाथ खनाल

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले संविधान, गणतन्त्र र परिवर्तनको रक्षा गर्दै समृद्ध मुलुक निर्माणका लागि गठबन्धन गर्नु परेको बताएका छन् ।

बिहीबार इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा आयोजित पत्रकार भेटघाटमा नेता खनालले एमाले अध्यष केपी ओली नेतृत्वले देशलाई अप्ठ्यारो बनाउँदै लगेको पनि आरोप लगाए । आफूहरुले विद्रोह गरेको बताउँदै गठबन्धनबाट नै आगामी दिनमा मुलुकका हरेक समस्याको समाधान हुने उनको भनाई थियो ।

इलाम १ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका उम्मेदवार बनेका खनालले आफ्नो प्रतिस्पर्धी कोही नरहेको बताउँदै आफ्नो नेतृत्वमा जिल्लामा थुप्रै विकासे काम भएको बताए । स्थानीय तहको गठबन्धन आंशिक सफल भएको उनको भनाई थियो । खनालले अब पूर्णरुपमा गठबन्धन कार्यान्वयन हुने बताउँदै गठबन्धनका दलबीच विश्वासको वातावरण बनाउनु पर्ने धारणा राखे । २०४८ यताका निर्वाचनमा २०५६ बाहेकमा उनी इलाम एकबाट सफल ठहरिँदै आएका छन् ।

प्रतिक्रिया सबै