२० बैशाख २०८१, बिहीबार Thursday 2 May, 2024

ऐश्वर्या राय ४९ वर्ष पुरा

 मङ्लबार, कार्तिक १५ २०७९  

काठमाडौं । अभिनेत्री ऐश्वर्या राय आज ४९ वर्ष पूरा भएकी छन् । ऐश्वर्याको जन्म १ नोभेम्बर सन् १९७३ मा कर्नाटकमा भएको थियो ।

उनका पिता कृष्णराज सेनामा बायोलोजिस्ट थिए जसको १८ मार्च सन् २०१७ मा निधन भइसकेको छ । उनकी आमा वृन्दा गृहिणी हुन् । ऐश्वर्याका भाइ आदित्य राय मर्चेन्च नेवीमा इन्जिनियर हुन् ।

कर्नाटकमा केही समय बसेपछि ऐश्वर्या आफ्नो पूरा परिवारसँग मुम्बई सरिन् । ऐश्वर्या राय दोस्रो भारतीय नायिका हुन् जसको फोटो टाइम म्यागजिनको पहिलो पानामा छापिएको थियो । पहिलो परवीन बबी थिइन् ।

सन् २००४ मा ऐश्वर्या पहिलो भारतीय नायिका बनिन् जसको वाक्स स्ट्याचु लण्डनस्थित म्याडम तुसाद म्युजियममा छ । सन् २००९ मा चर्चित ओप्रा विनफ्रे शोमा जाने पहिलो भारतीय नायिका ऐश्वर्या राय नै हुन् ।

कान्स फिल्म फेस्टिबलमा ऐश्वर्या राय बच्चा यस्तो पहिलो भारतीय नायिका हुन् जसलाई त्यहाँ ज्युरी मेम्बर्समा समावेश गरिएको थियो ।

विश्वकै चौथो अभिनेत्री भनिएकी सुन्दर ऐश्वर्याको नाममा नेदरल्याण्डमा ट्युलिप फूलको एक प्रकारको नाम राखिएको छ ।

सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले सन् १९९७ मा तमिल फिल्म इरुवरबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् ।

ऐश्वर्याले अहिलेसम्म तमिल, तेलुगु, बंगाली, अंग्रेजी र हिन्दी भाषाका करिब ५० फिल्ममा अभिनय गरिसकेकी छिन् । ऐश्वर्याले आफ्नो सर्तमा जीवन बाँचिरहेकी छन् ।

कहिले उनले मिस इन्डिया बन्नका लागि आमिर खानजस्ता स्टारको राजा हिन्दुस्तानी फिल्म अस्वीकार गरिन् भने कहिले सानो विवाद पछि उनले शाहरुखजस्ता स्टारसँगको फिल्म छोडिन् । उनको जीवनका अधिकांश निर्णयहरू सही साबित भए ।

ऐश्वर्यालाई स्टार बनाउने फिल्म सन् १९९९ को ‘हम दिल दे चुके सनम’ थियो, यो फिल्म ऐश्वर्या फिल्ममा देखा परेको दुई वर्षपछि रिलिज भएको थियो, तर उनले यो फिल्म अडिसनबाट नभई संयोगले पाएकी थिइन् ।

प्रतिक्रिया सबै