८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

दिनुवा शिरमा

 मङ्लबार, कार्तिक १५ २०७९  

कविता : दिनुवा शिरमा

दिनुवा शिरमा छ अग्लो डाँडा छ मुसरी
यो सुन्दर गाउँको बर्णन गर्दै छु यसरी

कस्तो रमाईलो छ जताततै देख्ने ठाउँ
मार्से, बतासे, बोल्पा, नाप्तिकु अनि सुन्दुर दिनुवा गाउँ
उत्तरतर्फ हेर्यो सगरमाथा हिमाल टलल
पश्चिमतर्फ हेर्यो सुनकोसी बग्दै छ सलल
अहिलेको विकासले गर्दा विजुलीले गाउँ नै झलल ।

मार्से गाउँमा जन्मेकाथे वीर, वीर रेग्मी उपाध्याय
दिनुवामा पनि राईहरु थिए राम्रा-राम्रा असाध्य ।

सुन्दर गाउँमा फुल्दछ फूल बेलीचमेली जाई
भमराहरु भुँभुँ रस चुस्छ रमाईरमाई ।

छोरीचेलीहरु अति सफ छिन्
बास्ना दिन्छ मिठो सेन्टले
भाईहरुलाई पनि सुहाउँछ
अति राम्रो जिन्सको पेन्टले ।

भलिबल खेल्न जानु पर्दैन टाढा
अति राम्रो छ ग्राउन्ड भण्डारी डाँडा
दुध-दही खानुपर्यो भने घरघरमा छ भैँसी लैना
यो सुन्दर गाउँको वर्णन गर्न भनी साध्य छैन ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

 

प्रतिक्रिया सबै