१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

माइतीघरमा थारू समुदायको समाचकेवा पर्व

 मङ्लबार, कार्तिक २२ २०७९  

काठमाडौं । आदिवासी थारु समुदायले काठमाडौंमा समाचकेवा पर्व मनाएका छन् । मंगलबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको माइतीघरमा आयोजना गरेको ‘समाचकेवा कार्यक्रम’मा थारु समुदायका दिदीबिहनीहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।

थारु महिला सभाकी अध्यक्ष निलम चौधरीका अनुसार थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको हो ।

यस्तै उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् ।

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । यस्तै थारु महिला सभाले काठमाडौंको तमू बौद्धमा समाचकेवा कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्‍म थारु समुदायका दिदीबहिनीहरु प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाएका हुन् ।

भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको यो पर्व संघीय राजधानी काठमाडौंमा बसोबास गरिरहेका थारु दिदीबहिनीहरुले समेत समा—चकेवा खेल्छन् छन् । अहिले पनि थारु समाज वचनको पक्का मानेर काम गर्दै आएका छन् । छोरा छोरीले गल्ती गरेमा अहिले पनि थारु समाजमा घरमुलीले प्रचलन छ छ ।

नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने थुप्रै जात, जातिहरुले विभिन्‍न काल खण्डमा आइ आआफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नकारात्मक व्यवहार गरेको पाइँदैन । अहिले पनि तराईमा थारु समुदाय मात्रै नभइ थारु समुदायसँग विभिन्‍न समयमा आएका अन्य जाति समुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ समाचकेवा मनाउने गर्छन् ।

हाल यो संस्कृति संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न स्थानमा महोत्सवको रुपमा समेत मनाइरहेका छन् थारु लगायत अन्‍य समुदायहरु पनि हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

प्रतिक्रिया सबै