८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेकै भोटले जित्छु : रामकुमारी झाँक्री

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । रामकुमारी झाँक्रीले नेकपा एमालेकै भोटले आफूले जित्ने बताएका छन् । शुक्रबार गुल्मीमा आयोजित चुनावीसभलाई सम्बोधन प्रतिनिधिसभातर्फ गुल्मी-२ का सत्ता गठबन्धनका उम्मेदवारझाँक्रीले आफूलाई एमालेको नेता-कार्यकर्ताको समर्थन रहेको बताईन् ।

आफ्नो प्रतिस्पर्धी एमालेका गोकर्ण विष्टको समेत आफूलाई समर्थन गरेको उनले बताईन् । ‘म जुन जुन गाउँमा पुगेँ, त्यहाँ एमालेका दाजुभाइ, दिदी बहिनीहरूको अपार माया र समर्थन पाएँ । र, यसपालि भित्री मनले गोकर्ण दाइले पनि मलाई समर्थन गर्दै हुनुहुन्छ’, उनले भनिन् ।

एमालेबाट विभाजन भएर बनेका नेकपा एकीकृत समाजवादी पार्टीको सचिव समेत रहेका झाँक्रीले विगतका सच्चा एमाले आफ्नो पार्टीभित्रै रहेको बताईन् । वृद्ध भत्ता दिलाउनेदेखि आफ्नो गाउँ आफै बनाऔँ भन्ने कार्यक्रम ल्याउने नेताहरू अहिले एकीकृत समाजवादीमै रहेको उनको भनाई छ ।

‘वृद्ध वृद्धाहरूलाई भत्ता दिलाउने देखि आफ्नो गाउँ आफै बनाऔ भन्ने कार्यक्रम ल्याउने नेता मनमोहन अधिकारीको पूरै टिम माधव, झलनाथ लगायतका नेताहरू अहिले एकीकृत समाजवादीमै हुनुहुन्छ’, उनले भनिन्- ‘विगतको एमालेको नेतृत्व एकीकृत समाजवादीले गरिरहेको छ । र, सच्चा एमालेको साथ हामीलाई छ ।’ गोकर्णले भने झाँक्री आफ्नो प्रतिस्पर्धी नै नभएको टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया सबै