१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल विजयी

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू-१५ साफ च्याम्पियनसिप उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको निर्णायक खेलमा नेपालले घरेलु टोली बंगलादेशलाई १-१ को बराबरीमा रोकेको हो ।

खेल सकिन एक मिनेट अगाडि गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपाल साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो ।

चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल विजयी बन्यो ।

बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । नेपालले पहिलो हाफमा अग्रता कायम राख्यो भने दोस्रो हाफमा घरेलु टोली बंगलादेशले गोल फर्काएको थियो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिईन् ।

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गदौ बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाएकी हुन् । नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाले बंगलादेशविरुद्ध कप्तानी गरेकी हुन् ।

नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । प्रतियोगितामा नेपालले भुटानलाई ७-० र १-० तथा , बंगलादेशलाई १-० ले पराजित गरेको थियो । चारवटै खेल हारेको भुटान भने अंकविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ ।

नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलंकामा भएको यू-१४ रिजन प्रतियोगितामा नेपालको यू-१४ महिला टिमले उपाधि जितेको थियो । साफ यू-१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो । यसअघि तीन संस्करण खेल्दा पछिल्लोपल्ट २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा तेस्रो भएको जियो ।

प्रतिक्रिया सबै