८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

 आइतवार, कार्तिक २७ २०७९  

काठमाडौं । सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको हो ।

आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू-१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

सन् २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

आईसीसीका अनुसार सन् २०२४ को यू-१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुनेछ ।

यू(१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन । सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो ।

नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए । यस्तै यू-१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ । नेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशानत विक्रम मल्लको भनाई छ । विश्वकपका लागि नेपालको पाँच भेन्यूको नाम आईसीसीलाई पठाएको उनले बताए ।

प्रतिक्रिया सबै