२१ बैशाख २०८१, शुक्रबार Friday 3 May, 2024

बैंकको ब्याजदर नघट्ने

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीका अनुसार बैंकर्स संघले अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।

अघिल्लो महिना भद्र सहमतिलाई भङ्ग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए ।

व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरुले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

प्रतिक्रिया सबै