११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बालेन साह र जर्मन राजदूतबीच फोहोर व्यवस्थापनबारे छलफल

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । मेयर साहलाई भेट्न राजदूत थोमस मंगलबार साहको कार्यकक्षमा पुगेका थिए ।

राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने साहले बताए ।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगित, शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए ।

प्रतिक्रिया सबै