१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सेयर बजारमा आज अर्बको कारोबार

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । आज सेयरबजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो ।

आज घटे पनि कारोबार रकम १ अर्ब पुगेको छ । कुल २७ लाख ४५ हजार कित्ता सेयर बिक्रीबाट उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार ४३ कम्पनीको सेयर बढे पनि १३३ कम्पनीको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको छ ।

आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन् ।

आज हिमालयन डिस्टिलरीको ८ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । यो नै आजको सर्वाधिक कारोबार हो ।

प्रतिक्रिया सबै