८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

 मङ्लबार, कार्तिक २९ २०७९  

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।

 

प्रतिक्रिया सबै