१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

विश्वकपमा आज तीन खेल

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज पहिलो खेलमा इङ्ल्यान्ड र इरानले भिड्दैछन् ।

सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।

पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ ।

इरान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने तयारीमा छ । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

प्रतिक्रिया सबै