८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ललितपुर २ मा एमालेका प्रेम महर्जन विजयी

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन विजयी भएका छन् ।

सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले निर्वाचित भएका हुन् । तर, औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् ।

निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।

प्रतिक्रिया सबै