८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

चितवनबाट रवि लामिछाने विजयी

 बिहिबार, मंसिर ८ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।

त्यस्तै? एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाए । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन २ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको हो ।

प्रतिक्रिया सबै