९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौंको सुकुम्बासीबस्तीमा डोजर चलाउँदा तनाव, ढुंगामुढा र बालेनविरुद्ध चर्को नाराबाजी

 सोमवार, मंसिर १२ २०७९  

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा तनावग्रस्त बनेको छ ।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती वैकल्पिक व्यवस्थाविनै हटाउन थालेपछि स्थानीयहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्रमा अहिले तनावग्रस्त भएको छ ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

अहिले सो स्थानमा महानगरका मेयर बालेन शाहविरुद्ध स्थानीयहरुले नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया सबै