९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

समानुपातिकतर्फ कुन दलको कति मत ?

 बिहिबार, मंसिर १५ २०७९  

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन मतपरिणाम अनुसार समानुपातिकतर्फको एक करोड दुई लाख २२ हजार २२२ मत गणना भएको छ । जसमा नेकपा (एमाले)को अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म एमालेले २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ ।

यस्तै? दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत र तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५४ हजार ५९१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१‚ राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८० हजार ४३४‚ जनता समाजवादी पार्टीले चार लाख १२ हजार ८५८ र जनमत पार्टीले तीन लाख ८१ हजार ४२४ मत प्राप्त गरेका छन् ।

कुन पार्टीको कति मत ?

नेकपा एमाले — २७,२८,३०५
नेपाली कांग्रेस — २५,९६,४२३
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी — ११,५४,५९१
राष्ट्रिय स्वतन्त्र पार्टी — ११,०६,०९१
राष्ट्रिय प्रजातन्त्र पार्टी — ५,८०,४३४
जनता समाजवादी पार्टी — ४,१२,८५८
जनमत पार्टी — ३,८१,४२४
नेकपा एकीकृत समाजवादी — २,९२,१५८
नागरिक उन्मुक्ति पार्टी — २,६८,७०८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल — १,६०,४६६
नेपाल मजदूर किसान पार्टी — ७३,९२९
हाम्रो नेपाली पार्टी — ५४,४७५
मंगोल नेशनल अर्गनाइजेशन — ४७,९०८
राष्ट्रिय जनमोर्चा — ४६,१७६
नेपाल संघीय समाजवादी पार्टी — ४१,२३८
नेकपा (माले) — ३०,१६४
राष्ट्रिय जनमुक्ति पार्टी — २३,४२१
जनता प्रगतिशील पार्टी, नेपाल — १७,९७५
नेपाल आमा पार्टी‚ नेपाल नौलो जनवादी पार्टी‚ सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी — १७,७८०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च — १७,६४८
बहुजन एकता पार्टी नेपाल — १६,९५३
नेपाली कांग्रेस बी.पी. — १२,२२३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल — १२,१२३
नेपाली जनता दल — ९,८०३
बहुजन शक्ति पार्टी — ९,४०७
नेपालका लागि नेपाली पार्टी — ८,२३९
नेपाल कम्युनिष्ट पार्टी — ७,८९७
नेपाल जनता पार्टी — ७,३५५
नेपाल लोकतान्त्रिक पार्टी — ७,२८५
नेकपा मार्क्सवादी (पुष्पलाल) — ७,२७१
मितेरी पार्टी नेपाल — ७,००४
जनजागरण पार्टी नेपाल — ६,३९४
आमूल परिवर्तन मसिहा पार्टी नेपाल — ६,३५१
जनसमाजवादी पार्टी, नेपाल — ५,७९१
सामाजिक एकता पार्टी‚ नेकपा (समाजवादी) र नेपाल दलित पार्टी — ५,७२४
तराई मधेश लोकतान्त्रिक पार्टी — ५,२०५
पिछडावर्ग निषाद दलित जनजाति पार्टी — ४,९२८
विवेकशील साझा पार्टी — ३,९८७
एकीकृत शक्ति नेपाल — ३,६८३
नेकपा माओवादी समाजवादी — ३,६६६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) — ३,३३२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल — ३,२९४
मौलिक जरोकिलो पार्टी — ३,१५९
नेपाल समावेशी पार्टी — २,७०९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन — २,१५४
राष्ट्रिय नागरिक पार्टी — २,११२
नेश्‍नलिष्ट पिपल्स पार्टी — २,००१

प्रतिक्रिया सबै