अब स्वतन्त्रहरु एक हुनुपर्छ : हर्क साम्पाङ
शनिबार, मंसिर १७ २०७९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।
‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ !’, सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आईरहेको छ ।
प्रतिक्रिया
सबै