९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

माया हत्याका अभियुक्त सशस्त्र प्रहरी कोली पक्राउ

 आइतवार, मंसिर १८ २०७९  

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनलाई कञ्चनपुरको महेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरीको सहयोग आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिका-४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउँसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया सबै