१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भारतीय पक्षबाट दार्चुलामा सीमा पुल बन्द

 सोमवार, मंसिर १९ २०७९  

काठमाडौं । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल भारतीय पक्षले बन्द गरेको छ । भारतले सोमबार बिहानबाटै पुल बन्द गरेको बारे नेपाली प्रशासनले भने आफूहरूलाई जानकारी नभएको जनाएको छ ।

नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको र भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनका अनुसार भारततिर कुनै कार्यक्रम हुन सक्छ । ‘त्यसको हामीलाई कुनै जानकारी छैन । हिजो हाम्रोतर्फका बङ्गाबगरबासीले भारतीय पक्षले महाकालीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धलाई रोक्न माग राख्दै स्थानीयले आक्रोशमा दुई घण्टा पुल बन्द गरेका थिए’, उनले भनेका छन् ।

स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनको भनाई छ । पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा छन् ।

प्रतिक्रिया सबै