११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

म पनि किसानको छोरा हुँ, सुकुम्बासीका समस्या बुझेको छु : मेटमणि चौधरी

 सोमवार, मंसिर १९ २०७९  

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन पुगेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पारेका हुन् ।

‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नै पर्छ । हामी विकल्प खोज्दै छौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु । तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस् ।’

उक्त टोलीले सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न मन्त्री समक्ष आग्रह गरेको थियो ।

मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठुला परिवारको लागि ठाँउको खोजि गरि घर बनाउन सुरु गर्ने बताए ।

प्रतिक्रिया सबै