१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

काठमाडौंका सरकारी र निजी कार्यालयलाई फोहोर व्यवस्थापन गर्न महानगरको निर्देशन

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी र निजी कार्यालयमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन निर्देशन दिएको हो ।

कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रिएको र यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले सूचनामा भनेको छ ।

तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्ने चेतावनी पनि दिएको छ । कार्यालय परिसरका फोहोर व्यवस्थापन गरी सहरलाई सफा राख्न पनि महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया सबै