९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

 बुधबार, मंसिर २१ २०७९  

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको छ । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्दैछ ।

क्वाटरफाइनलमा युरोपबाट ५ टिम पुगेका छन् । त्यस्तै, दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।

एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ । युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगेका छन् ।

अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिएका छन् ।

यो पटकको विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।

यस्तो छ खेल तालिका
क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्दैछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुँदैछ ।

पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुँदैछ ।

त्यस्तै, दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

 

 

प्रतिक्रिया सबै