१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

 शनिबार, मंसिर २४ २०७९  

काठमाडौं । अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पराजित नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको हो ।

निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो ।

शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए । यस्तै खेलको ९० मिनेटको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए ।

खेलका क्रममा केहीबेर तनाव समेत भएको थियो । अर्जेन्टिनाका खेलाडीले नेदरल्याड्सका खेलाडीमाथि खतरनाक फल गरेपछि तनावको अवस्था सिर्जना भएको थियो ।

सो क्रममा रेफ्रीले दुबैतर्फ पहेँलो कार्डको प्रयोग गर्नुपरेको थियो । खेलमा कुल १५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो । जसमा अर्जेन्टिनाले ८ वटा र नेदरल्याड्सले ७ वटा कार्य पाएको थियो । अर्जेन्टिनाको सेमिफानलमा अब क्रोएसियासँग प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया सबै