८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान तयार

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । सरकारमा सहभागी हुने बारे दुवै गठबन्धनका नेताहरुसँग रास्वपाले अनौपचारिक छलफल गरिरहेको छ ।

पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको स्रोतको भनाई छ ।

रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालका अनुसार रास्वपा जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको हो ।

विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको उनको भनाई छ ।

उनले आफुहरु मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुने बताए । नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।

प्रतिक्रिया सबै