११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

अहिले हामी आइडिन्टिटी क्राइसिसमा छौँ : प्रचण्ड

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई अहिले पहिचानको संकट परेको बताएका छन् ।

आइतवार ललितपुरमा प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा अहिले माओवादी पहिचानको संकटमा रहेको बताएका हुन् ।

‘अहिले माओवादी आइडेन्टिटी क्राइसिसमा छ । अरु दल र माओवादीमा केही फरक देखिएन’, प्रचण्डले भने । जनयुद्धको जस्तै पार्टीलाई राष्ट्र जनतामा समर्पित शक्ति बनाउनु आवश्यक रहेको उनको भनाई छ ।

‘हामीले हिजो जस्तै राष्ट्र र जनताप्रति समर्पित शक्ति बनाउन सक्छौँ ? प्रश्न गर्दै उनले भने- ‘अहिले हामीलाई आइडिन्टिटी क्राइसिस भएको छ । हामीलाई पहिचानको समयस्या हुन थालेको छ। हामीले आफ्नो पहिचान सु-स्पष्ट गर्न सक्नुपर्ने चुनौती आएको छ ।’

क्षेत्रीय राष्ट्रिय परिस्थिति अनुसार एउटा आचारसंहिता बनाएर त्यसअनुसार पार्टीमा बस्न पाउने व्यवस्थाको जरुरी रहेको प्रचण्डले औँल्याए । ‘यस्तो आचार-विचार हुनेले मात्रै बस्न पाउने, अरुले नपाउने भन्ने वातावरण बनाउन सकिन्छ त ?’ उनले उनले प्रश्न गरे ।

माओवादी राष्ट्र र जनताप्रति समर्पित मान्छेहरुको संगठन रहेको भन्दै उनले भने- ‘अब हामी अलग पहिचान बनाउनेतिर लाग्नुपर्छ ।’

प्रतिक्रिया सबै