११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

रेशम चौधरीलाई स्वागत गर्न फूलमालासहित कारागार पुगे नागरिक उन्मुक्तिका कार्यकर्ता

 सोमवार, मंसिर २६ २०७९  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई स्वागत गर्न भन्दै कार्यकर्ता फूलमालासहित डिल्लीबजार कारागारमा पुगेका छन् ।

रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका हुन् । चौधरीलाई स्वागत गर्न केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची (नेगेटिभ लिस्ट)लाई संशोधन गरिने छ ।

उक्त अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया सबै