१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : अध्यक्ष प्रचण्ड

 बुधबार, मंसिर २८ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् ।

‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, प्रचण्डले भने । पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको उनले बताए । बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको पनि उनको भनाई थियो । ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भने ।

उनले नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको प्रचण्डले बताए । ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ’, प्रचण्डले भने ।

देशको विकासका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त बनेको उनले बताए । देशको नेतृत्व गर्ने अवसर पाए केही नयाँ गर्ने पनि उनको भनाई छ । ‘हामीले आफ्नो घोषणापत्रमा भनेका छौं ०४७ सालयताको राजनीतिक नेतृत्व र सरकारमा रहेका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर भ्रष्टाचार गरेको देखियो भने कडा कारबाही गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया सबै