११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

 आइतवार, पुस ३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले अहिलेको अवस्था हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् ।

निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले भनिन्- ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’

पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने उनको भनाई छ । प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने बताइन् । सर्वसम्मत हुने कुरामा भन्दा पनि पोलिटिक्समा आएपछि भविष्यमा नेतृत्व स्थापित गर्न प्रतिस्पर्धा हुनुपर्छ । चुनावमा गएपछि कस्तो नतिजा आउँछ थाहा हुन्छ, राणाले भनिन्- ‘हाम्रो डेमोक्रेटिक पार्टी भएकले जो पनि उठ्न सक्छ । प्रतिस्पर्धा गरेर जानुपर्छ ।’

प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी भएको बताईन् ।

प्रतिक्रिया सबै