१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कांग्रेस ससंदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक

 सोमवार, पुस ४ २०७९  

काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आगामी पुस ६ गते निर्वाचन हुने भएको छ । कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ ।

त्यस्तै पुस ५ गते बिहान १०ः ३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ । ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार मतदानका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया सबै