१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

चीनमा फेरि कोरोनाको नयाँ लहर फैलिँएपछि विश्वभरबाट चिन्ता व्यक्त

 बिहिबार, पुस ७ २०७९  

काठमाडौं । चीनमा फेरि कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएको छ । चीनमा कोरोनाको लहर फेलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।

डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ’, जेनेभाको एक कार्यक्रममा उनले भनेका छन् ।

बीबीसीका अनुसार चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएका छन् । तर, अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिनेछ । बीबीसीले चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको जनाएको छ ।

सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ । यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।

प्रतिक्रिया सबै