११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार !

 शुक्रबार, पुस ८ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेबीच नयाँ सरकार गठनबारे लगातार छलफल भइरहेको छ ।

नेकपा एमालेका दोस्रो तहका नेताहरुले माओवादीका शीर्ष नेताहरुसँग नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल गरिरहेका छन् ।

माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेका छन् । चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले प्रचण्ड उनकै निवास पुगेर छलफल पनि गरिसकेका छन् ।

रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर छलफल गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार भएका छन् । प्रचण्डले भने सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

तर, प्रचण्डले भने जस्तो गठबन्धनधमा सजिलो छैन । प्रचण्डले आफु प्रधानमन्त्री बन्न चााहे पछि कांग्रेसका केही नेताहरुले उनलाई सजिलै स्वाकार्ने अवस्था छैन । यता कांग्रेसको संसदीय दलको निर्वाचनमा पराजय बेहोरेलगत्तै महामन्त्री गगन थापाले गठबन्धनजस्तो महत्वपूर्ण निर्णय पार्टीको अँध्यारो कोठामा बसेर गरिए मान्य नहुने चेतावनी दिइसकेका छन् ।

एक नेताका अनुसार सरकारको नेतृत्व दिन कांग्रेसमा विरोध छ । एमालेले राष्ट्रपति र सभामुख राखेर प्रधानमन्त्री माओवादी दिन तयार भएको हो । एमालेले पनि तीनवर्ष सरकार चलाउन दिने प्रस्ताव पनि यहीबेला लगातार गरिरहेको छ ।

यता सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले नेता गोकुल बाँस्कोटाले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रुपमा भनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिएका बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा अथ्याएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका हुन ।

‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना’, उनले भनेका छन् ।

प्रतिक्रिया सबै