चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा
शुक्रबार, पुस ८ २०७९

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई केही समय अगाडिमात्रै केन्द्रीय कारागारले रिहा गरेको हो ।
रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरेको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।
शोभराजका वकिल गोपाल सिवाकोटीका अनुसार उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहनेछ । भने उनलाई विभागमा एक्लै राखिनेनेछ ।
उनलाई बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया
सबै