१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राष्ट्रपतिको प्रश्न : पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ?

 शुक्रबार, पुस ८ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस जगतले सूक्ष्म निगरानी राख्नु बताएकी छ्न । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताईन् ।

विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भनिन्- ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ ।’ राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको र अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताईन् ।

सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा उनले जोड दिइन् । यसमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने उनको भनाई थियो ।

उनले अहिलेको प्रविधिको विकासले अवसर मात्र होइन चुनौती पनि थपेको बताउँदै सूचनाको हक लोकतन्त्रमा अनिवार्य रहेको बताइन् । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

उनले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरिन् । ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’, उनले भनिन् । सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया सबै