१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

 शुक्रबार, पुस ८ २०७९  

बाँके । बाँकेमा बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका—३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो ।

प्रहरीका अनुसार आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर अशक्त घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै