१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बालुवाटार बैठकपछि रामचन्द्र पौडेले भने- गठबन्धन टुट्यो

 आइतवार, पुस १० २०७९  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा बसेको गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको उनले बताए ।

पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।

पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताए । प्रचण्ड बालुवाटारको बैठक छाडेर एमालेका अध्यक्ष ओलीलाई भेट्न गएपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताए ।

 

प्रतिक्रिया सबै