९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राप्रपाको आकस्मिक बैठक

 आइतवार, पुस १० २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

सत्ता गठबन्धन टुटेपछि एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेको छ । राप्रपाले त्यसमा सहभागी हुनेबारे छलफल गर्न बैठक डाकेको हो ।

राप्रपा महामन्त्री भुवन पाठकका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएका छन् ।

राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसपछि बसेको संयुक्त बैठकमा भने राप्रपा सहभागी भएका छैनन् ।

ओली निवासमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच वैठक बसेको छ ।

राप्रपाले यसअघि सरकारमा नजाने अडान लिँदै आएको थियो । तर, ओलीले प्रस्ताव गरेपछि लिङदेनले आकिस्मक बैठक डाकेका छन् ।

प्रतिक्रिया सबै