१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

वन कार्यालयको भवन भत्काउन हर्कले टाँसे सूचना

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन भत्काउने चेतावनी दिएको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले सूचना टाँसेको हो ।

‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नु पर्ने नियम रहेको हुँदा सो नियम अन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर वनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रकृयामा आउनु होला । अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ’, सूचनामा लेखिएको छ ।

प्रदेश वन निर्देशनालयका ४ वटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माण सकेर सर्ने तयारीमा रहेको छ । तर, भवन निर्माणको नक्सा पास गरिएको छैन । अहिले निर्देशनालय धरान १३ मा भाडाको घरमा छ ।

धरान उपमहानगरपालिकाले धरानस्थित २० को विष्णु पादुकामा साबन उद्योग खोल्न लागेको थियो । तर सबडिभिजन वन कार्यालयले वन भित्र उद्योग खोल्न पाउने भन्दै काम रोकिदिएपछि मेयर हर्कराज साम्पाङ राई आक्रोशित भएका थिए ।

प्रतिक्रिया सबै