धरानमा हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद मिल्यो
सोमवार, पुस ११ २०७९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद मिलेको छ । विवाद समाधान भएसँगै नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको हो ।
कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए । यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका आधारमा राजीनामासमेत माग गरेका थिए ।
उपमेयर अइन्द्रविक्रम बेघाले कार्यपालिका सदस्य र मेयरबीच बैठक बस्ने सहमति निर्माण गरेपछि सोमबार नगरकार्यपालिका बैठक बसेको हो ।
प्रतिक्रिया
सबै