उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा
सोमवार, पुस ११ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् ।
प्रतिनिधिसभामा २० सिटसहित चौथो ठूलो दल बनेको रास्वपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै सरकारमा जाने भएको हो ।
उनले गृह मन्त्रालय पाउने निश्चित भएको बताएका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै रास्वपा गठन गरेका थिए ।
रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् ।
प्रतिक्रिया
सबै