१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

‘अब गुण्डाको राज खत्तम बनाउनु पर्छ’

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएपछि धेरैले उनले केही गर्ने आशा व्यक्त गर्दै बधाई दिएका छन् । त्यसमध्ये धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले पनि खुसी व्यक्त गरेका छन् ।

शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन् ।

मेयर साम्पाङले रबिसँगको तस्विर सार्वजनिक गर्दै लेखेका छन्- ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

प्रतिक्रिया सबै