८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

समुन्द्र तटमा हट दीपिका

 शुक्रबार, पुस १५ २०७९  

काठमाडौं । दीपिका प्रसाईं यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा उनले आफु रमाइरहेको आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

तस्वीरमा दीपिका हट देखिएकी छन् । निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी दीपिकाले घुमेका तस्वीर सेयर गरिरहेका छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।

दीपिकाले ‘ऐश्वर्या’पछि ‘छक्कापञ्जा-३’ र ‘हेल्लो जिन्दगी’मा काम गरेकी छन् । दीपिका र दिवाकर होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा रहेका छन् ।

प्रतिक्रिया सबै