जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बेलबारी नगरपालिका-३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिक रहेका छन् ।
प्रहरीका अनुसार बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेका थिए । उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै