८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

नेपाल टी-२० लिगमा फिक्सिङ र बेटिङको आशंका

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । नेपाल टी-२० लिगमा फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।

फिक्सिङ र बेटिङ हुने गरेको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो । सीआईबीका एक अधिकारीले अनुसन्धान सुरु गरिएको बताएका छन् ।

उनका अनुसार एक डीएसपीको कमाण्डमा अनुसन्धान अघि बढाइएको छ । तर, अहिलेसम्म बेटिङ र फिक्सिङको कुनै प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ ।

लिग विवादित भएसँगै म्याचका कमेन्टेटर सचिन तिमल्सेनाले लिग नै छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले लिग छाडेको जानकारी गराएका छन् ।

भिडियोमा उनले लिगमा फिक्सिङ भएको समेत दाबी गरेका छन् । उनले भनेका छन् ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ ।’

यसले नतिजामा असर नगरे पनि खेलको दौरानमा भने त्यस्तो केही काम भने हुने उनले बताएका छन् । जुन पहिल्यै भने अनुसार गरिएको हुने उनको दाबी छ ।

प्रतिक्रिया सबै