१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

परराष्ट्रको जानकारीबिना विदेशी भेटघाट नगर्न सरकारी अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरुसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

दुई दिनसम्म चलेको सचिव बैठकमा मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्न पाउने उल्लेख गरेका हुन् । भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहिता समेत बनाउन उनले निर्देशन दिएका छन् ।

‘नेपालका सरकारी पदाधिकारीहरुले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धि आचारसंहिता तयार गर्नुहोला’ प्रधानमन्त्री प्रचण्डले लिखित निर्देशन दिँदै भनेका छन् ।

‘सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने छ। हाम्रो सम्बन्ध सबैसँग मित्रता कसैसँग छैन शत्रुता नै हो । यही नीति अनुसरण र अवलम्वन गर्दै आर्थिक कूटनीति र अन्तराष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस्’, उनले भनेका छन् ।

प्रतिक्रिया सबै