प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीले कुनै पनि निर्णय नै गर्न सकेको छैन ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको बताए ।
पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले सरकारमा सहभागी हुनेबारे पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको बताए ।
‘केन्द्रीय सचिवालयले यसको बारेमा आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ’, उनले भने ।
प्रतिक्रिया
सबै