११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियारद्वारा छानविन

 बुधबार, पुस २० २०७९  

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । नेपाल टी-२० लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन सुरु गरेको हो ।

अख्तियारले परिषदलाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन निर्देशन दिएको हो ।

कीर्तिपुरस्थित टियू खेल मैदानमा जारी नेपाल टी-२० लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडी विना श्रम स्वीकृति तथा अनुमतिविना क्रिकेट खेल सञ्चालन गरिरहेको भन्ने उजुरी परेपछि छानविन गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले सोमाबार राखेपसँगै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पनि राय तथा प्रतिक्रिया उपलब्ध गराउन पत्र पठाएको छ ।

प्रतिक्रिया सबै