८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

सरकारबारे माधव नेपाल भन्छन्- प्रचण्डजीको अनुहार हेरेर मात्र हुँदैन

 बुधबार, पुस २० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो सरकारबारे अहिले नै बोल्न हतार नभएको बताएका छन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । यसबीच अध्यक्ष नेपालले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए ।

‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?, त्यतिन्जेल सस्पेन्समै रहोस्’, उनले भने ।

‘पोलिटिकल सिनारियो क्लियर हुनुपर्‍यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन । प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के-के गर्छन् थाहा छैन’, उनले भने ।

सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने उनको भनाई थियो ।

प्रतिक्रिया सबै