८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

सेयर बजार उच्च अंकले बढ्यो, ३ अर्ब ५० करोड बढीको कारोबार

 बुधबार, पुस २० २०७९  

काठमाडौं । बुधबार नेप्से सूचक ६४ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६४.८७ अंकले बढ्दै २१२५.९४ विन्दुमा उक्लिएको हो ।

आज झण्डै ६५ अंकमाथिले नेप्से बढेको छ भने ३ अर्ब ५० करोड रुपैयाँमाथिको कारोबार भएको छ । हिमालय डिस्टिलरी लिमिटेड उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।

सानिमा मै हाइड्रो लिमिटेडको १० करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आज नेपाल दूरसञ्चार लिमिटेड (एनटीसी) को १० करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली हुँदा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, नादिप लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया सबै