प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन
बुधबार, पुस २० २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित निर्माण भइरहेको संरचनाहरुको अवलोकन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको आज अवलोकन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ निर्माणाधिन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।
यस्तै , प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबारस्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मुख्य सचिव शंकरदास बैरागीले सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पूरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी गराए ।
प्रतिक्रिया
सबै