३ जेष्ठ २०८१, बिहीबार Thursday 16 May, 2024

निर्मला हत्या प्रकरण : शंकास्पद दुई भारतीयको डीएनए परीक्षणका लागि नमुना संकलन

 शुक्रबार, पुस २२ २०७९  

काठमाडौं । कञ्चनपुरका १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ । अझै हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर नगरपालिका-२ की १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर, साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दूरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

प्रहरीले हालसम्म निर्मला प्रकरणमा ७०० जनासँग बयान तथा सोधपुछ गरिसकेको छ । त्यसमा १५० जना भन्दा बढी महिला छन् । १३५ जनाको डीएनए परीक्षण गरेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, कसैको पनि डीएनए ‘म्याच’ भएको छैन ।

यसबीच निर्मलातको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद दुईजनाको रगतको नमुना संकलन गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिए/नलिएको भने प्रहरीले बताइएको छैन । तर, डीएनए परीक्षणका लागि उनीहरूको रगत संकलन गरेको छ ।

स्रोतका अनुसार रगत संकलन गरिएका दुवैजना भारतीय नागरिक र मुस्लिम समुदायका रहेका छन् । कञ्चनपुर प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले भने नमुना संकलन गरिएको बारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ । सीआईबीकै टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ ।

सीआईबीका अधिकारीहरूले पनि दुईजनाको नमुना संकलन गरिएको बारे केही बताएका छैनन् । संकलन गरिएको नमुना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी रहेको बुझिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पहिलो निर्णय निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताएका थिए । भने फाइल तयार गर्न सचिवलाई निर्देश समेत दिएका थिए ।

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्नदृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया सबै